२९ सय नाघेर झर्यो सेयर बजार, कारोबार रकम सामान्य बढ्यो
जलसरोकार
काठमाडौं : सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ । कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो । १ ः ०६ बजेपछि बजारले २९ सयको विन्दु नै छुन सकेन ।
अन्ततः बजार अघिल्लो दिनको तुलनामा १३.६१ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८७६ अंकमा कायम भएको छ । फागुन १ पछि लगातार बढेको बजारमा त्यसयता पहिलो पटक करेक्सन देखिएको हो ।
बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब २८ करोडको भयो ।
५१ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १.३५, विकास बैंक ०.८४, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.८८, हाइड्रोपावर १.२१, लगानी ०.२४, व्यापार ०.८४ तथा माइक्रोफाइनान्स ०.८८ प्रतिशत घटे । अन्य १.६८, निर्जीवन बीमा ०.४६, उत्पादन ०.२५, जीवन बीमा ०.७७ प्रतिशत बढे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावरको ९.४५, सिन्धु विकास बैंकको ७.८५, हिमालयन रिइन्स्योरेन्सको ७.२५, नेसनल लाइफ इन्स्योरेन्सको ६.१७ तथा बोटलर्स नेपाल बालाजुको ५.४६ प्रतिशत मूल्य बढ्यो ।
समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । उपकार लघुवित्तको ७.२४, बाराही हाइड्रोपावरको ६.७७, सपोर्ट माइक्रोफाइनान्सको ६.६० र भूगोल इनर्जीको ६.४२ प्रतिशत मूल्य घट्यो ।
यस दिन हिमालयन रिइन्स्योरेन्सको मात्रै १ अर्ब ३८ करोडको कारोबार भयो । त्यसपछि कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, एचआईडीसीएल प्रमोटर र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो