बैंकिङ चम्किँदा सेयर बजार २८ सय नाघ्यो
जलसरोकार
काठमाडौं: साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ४९.१५ अंक बढेको हो । उक्त वृद्धिपछि नेप्से २८१५ मा कायम भएको छ ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ११ अर्ब ३९ करोडको भयो । १८६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो भने ६ को स्थिर नै रह्यो ।
आज बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । मुख्यतः राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले असल वर्गमा बैंकहरुले छुट्याउनुपर्ने लोनलस प्रोभिजन दर १.१० बाट १ प्रतिशतमा झारिएपछि यस सेक्टरमा आकर्षण देखिएको छ । यसले बैंकहरुले आगामी वित्तीय विवरणमा नाफा बढ्ने अनुमान गरिएको छ । यहीं कारण बिहीबार यो सेक्टरले छलाङ मारेको हो ।
यद्यपि बजारका सबै सेक्टर बढेका छन् । बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशत बढ्यो । व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशत बढे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपरहेवाखोला, सिन्धु विकास बैंक र दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।लिबर्टी इनर्जीको मूल्य ९.९६, गुराँस लघुवित्तको ९.२४, बोटलर्स नेपाल बालाजुको ८.९९ प्रतिशत मूल्य बढ्यो ।
भूगोल इनर्जीको ७.१७ तथा उपकार लघुवित्तको ६.२५ प्रतिशत मूल्य घट्यो । हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ९६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सिंगटी हाइड्रोपावर र कुमारी बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य