बैंकिङ चम्किँदा सेयर बजार २८ सय नाघ्यो


काठमाडौं: साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ४९.१५ अंक बढेको हो । उक्त वृद्धिपछि नेप्से २८१५ मा कायम भएको छ ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ११ अर्ब ३९ करोडको भयो । १८६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो भने ६ को स्थिर नै रह्यो ।
आज बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । मुख्यतः राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले असल वर्गमा बैंकहरुले छुट्याउनुपर्ने लोनलस प्रोभिजन दर १.१० बाट १ प्रतिशतमा झारिएपछि यस सेक्टरमा आकर्षण देखिएको छ । यसले बैंकहरुले आगामी वित्तीय विवरणमा नाफा बढ्ने अनुमान गरिएको छ । यहीं कारण बिहीबार यो सेक्टरले छलाङ मारेको हो ।
यद्यपि बजारका सबै सेक्टर बढेका छन् । बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशत बढ्यो । व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशत बढे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपरहेवाखोला, सिन्धु विकास बैंक र दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।लिबर्टी इनर्जीको मूल्य ९.९६, गुराँस लघुवित्तको ९.२४, बोटलर्स नेपाल बालाजुको ८.९९ प्रतिशत मूल्य बढ्यो ।
भूगोल इनर्जीको ७.१७ तथा उपकार लघुवित्तको ६.२५ प्रतिशत मूल्य घट्यो । हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ९६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सिंगटी हाइड्रोपावर र कुमारी बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तोलामा ३ सय रुपैयाँले बढ्यो सुन, हेर्नुहोस् आजको मुल्य कति ?
-
कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइए
-
आर्थिक वर्षको पहिलो त्रैमासमा मेची भन्सारको उल्लेखनीय राजस्व वृद्धि
-
तिहारमा देशभर लोडसेडिङ हुदैन, ढुक्कसँग बत्ती बालेर उज्यालोको पर्व मनाउनुहोस् : प्राधिकरण
-
साता कारोबारको पहिलो दिन सयर बजार बढ्यो
-
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित