सेयर बजारमा वृद्धिको रफ्तार कायमै, ११ अर्ब ५४ करोडको कारोबार
जलसरोकार
काठमाडौं: लगातार पाँचौ दिन पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ । मुलुक ग्रे लिस्टमा परेको डरले सुरुवाती कारोबारलाई असर पारेको थियो । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २६९२ अंकसम्म झरे पनि त्यसपछि वृद्धिको रफ्तारलाई निरन्तरता दियो ।
कारोबार रकम पनि उल्लेख्य छ । अघिल्लो दिन ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ११ अर्ब ५४ करोडको भयो । बजार बढ्दा पनि अधिकांश कम्पनीको मूल्य घटेको छ । कुल ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ४ को स्थिर रह्यो ।
अन्य सेक्टर सबैभन्दा धेरै ३.७ प्रतिशत बढ्यो । त्यस्तै लगानी १.३३, उत्पादन २.७८, जीवन बीमा ०.८६, निर्जीवन बीमा ०.१३ र बैंकिङ ०.०३ प्रतिशत बढे । विकास बैंक ०.४८, फाइनान्स ०.४५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.५६, माइक्रोफाइनान्स ०.६६ र व्यापार समूह १.३२ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोपावरको ८.०२, बोटलर्स नेपाल बालाजुको ७.२९, नेपाल पुनर्बीमाको ७.०५, विन नेपाल लघुवित्तको ६.३, घलेम्दी हाइड्रोपावरको ५.८ तथा हिमालयन रिको ५.१ प्रतिशत मूल्य बढ्यो ।
रिलायन्स फाइनान्सको ७.२, उपकार लघुवित्तको ६.७, पिपुल्स हाइड्रोपावरको ६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव