सौर्य ऊर्जाको टेण्डर म्याद थपिदिन सोप्पानको पुन: आग्रह

काठमाडौं : निजी क्षेत्रको सौर्य ऊर्जा उत्पादकहरुको प्रतिनिधिमूलक संस्था सौर्य ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (सोप्पान) ले पुन: नेपाल विद्युत प्राधिकरणको विद्युत् व्यापार विभागलाई एक मात्र लेखी भ्याटको मुद्दा स्पष्ट नभएसम्म टेण्डर डकुमेन्ट बुझाउने म्याद थप गरिदिन आग्रह गरेको छ।
अघिल्ला अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको आर्थिक ऐनमा सौर्य ऊर्जाका उपकरण तथा मालहरुमा १३ प्रतिशत भ्याट लगाइदिएपछि प्रतिस्पर्धामार्फत जडान गरिने सौर्य ऊर्जा आर्थिक रुपले अयोग्य हुने भन्दै यस विषयमा प्रष्टता नभएसम्म निजी क्षेत्रले बिड डकुमेन्ट बुझाउने अवधि थप गर्न सोप्पानले प्राधिकरणलाई फेरि अनुरोध गरेको हो ।
चालू आवको बजेटमा सौर्य ऊर्जाका विभिन्न उपकरण तथा मालवस्तुमा तत्कालीन अर्थमन्त्री पुनले १३ प्रतिशत भ्याट असुल्ने बनाइदिएका थिए । यसले गर्दा सौर्य ऊर्जा थप १३ प्रतिशतले महँगो हुने तर प्राधिकरणले प्रतियुनिट ५ रुपैयाँ ९४ पैसामा प्रतिस्पर्धा गराएकाले लगानीयोग्य नहुने सोप्पानको भनाइ छ ।
आफूहरुले अर्थ र ऊर्जा मन्त्रालयका अधिकारीहरुलाई यस विषयमा भेट गरी भ्याट हटाउन आग्रह गरिरहेको उल्लेख गर्दै सोप्पानले सरकारले यस विषयमा स्पष्टता नभएसम्मका लागि टेण्डर बुझाउने म्याद थप्न भनेको हो ।
प्राधिकरणले गत अप्रिल महिनामा देशभर एक हजार मेगावाट सौर्य ऊर्जा जडानका लागि प्रतिस्पर्धा गराउन प्रस्ताव आव्हान गरेको थियो । यसको म्याद सकिइसकेको छ ।
प्राधिकरणले तीन, तीनपटक यसको म्याद थप गरिसकेकाले अब टेण्डर नै हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलसरोकारलाई बताए ।
सोप्पानका अध्यक्ष डा. सन्दीप साहले यसअघि गत साउन ११ गते यस्तै पत्र प्राधिकरण र त्यसको बोधार्थ विद्युत् नियमन आयोगका अध्यक्ष र प्राधिकरणका कार्यकारी निर्देशकलाई पनि दिएका थिए ।
सरकारी राजस्वभन्दा साधारण खर्च बढेर कर्मचारीहरुलाई तलब भत्ता खुवाउनै धौधौ पर्न थालेपछि विगत केही वर्षयता अर्थमन्त्रीहरुले अन्धाधुन्द कर लगाउँदै आएका छन् । जलविद्युत् गृह मर्मतका लागि नभई नहुने विभिन्न वस्तुमा पनि कर लगाइएको छ । चालू आवको बजेटमा सौर्य ऊर्जाका विभिन्न उपकरण तथा मालवस्तुमा तत्कालीन अर्थमन्त्री पुनले १३ प्रतिशत भ्याट असुल्ने बन्दोबस्त गरेका छन् । यसले गर्दा सौर्य ऊर्जा थप १३ प्रतिशतले महँगो हुने तर प्राधिकरणले प्रतियुनिट ५ रुपैयाँ ९४ पैसामा प्रतिस्पर्धा गराएकाले लगानीयोग्य नहुने सोप्पानको भनाइ छ ।
आफूहरुले अर्थ र ऊर्जा मन्त्रालयका अधिकारीहरुलाई यस विषयमा भेट गरी भ्याट हटाउन आग्रह गरिरहेको उल्लेख गर्दै सोप्पानले सरकारले यस विषयमा स्पष्टता नभएसम्मका लागि टेण्डर बुझाउने म्याद थप्न भनेको हो ।
प्राधिकरणले गत अप्रिल महिनामा देशभर एक हजार मेगावाट सौर्य ऊर्जा जडानका लागि प्रतिस्पर्धा गराउन प्रस्ताव आव्हान गरेको थियो । यसको म्याद यही साउन १६ गते सकिंदैछ । प्राधिकरणले तीन, तीनपटक यसको म्याद थप गरिसकेकाले अब थप नहुने प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले बताए ।
सोप्पानका अध्यक्ष डा. सन्दीप साहले हस्ताक्षर गरेको उक्त पत्रको बोधार्थ विद्युत् नियमन आयोगका अध्यक्ष र प्राधिकरणका कार्यकारी निर्देशकलाई पनि दिइएको छ ।
सरकारी राजस्वभन्दा साधारण खर्च बढेर कर्मचारीहरुलाई तलब भत्ता खुवाउनै धौधौ पर्न थालेपछि विगत केही वर्षयता अर्थमन्त्रीहरुले अन्धाधुन्द कर लगाउँदै आएका छन् । जलविद्युत् गृह मर्मतका लागि नभई नहुने विभिन्न वस्तुमा पनि कर लगाइएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच