स्नो रिभर्सको शेयर प्रतिकित्ता २९८.७० रुपैयाँमा पहिलो कारोबार
जलसरोकार
काठमाडौं : स्नो रिभर्स लिमिटेड (SNORL) को शेयर शुक्रबार नेप्सेको स्पेशल प्रि–ओपन सेसनमा पहिलो पटक कारोबार भएको छ। कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा सम्पन्न भएको हो।
कम्पनीको कुल ९३ लाख ७५ हजार कित्ता शेयर असार ११ गते नेप्सेमा सूचीकृत भएको थियो। सूचीकृत शेयरमध्ये १८ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई जारी गरिएको शेयर र ७५ लाख कित्ता संस्थापक शेयरधनीको लगानी रहेको छ।
पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज निर्धारण गरेको थियो। सोही मूल्य सीमाभित्र कम्पनीको पहिलो कारोबार २९८ रुपैयाँ ७० पैसामा भएको हो।
स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार सम्पन्न भएसँगै अब स्नो रिभर्स लिमिटेडको शेयर SNORL टिकर संकेतमार्फत नियमित दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना