सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

स्नो रिभर्सको आईपीओ वैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

जलसरोकार
सोमबार, वैशाख १४, २०८३ | ०९:३४:०५ बजे

 

काठमाडौँ : स्नो रिभर्स लिमिटेड ले आगामी वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको शेयर बाँडफाँट गरिसकेको छ।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता स्थानीय बासिन्दा र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट भइसकेको छ।

त्यस्तै, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि वितरण गरिसकिएको छ।

अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता शेयर (कुल ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर) सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म खुला रहनेछ।

रेटिङ्ग एजेन्सी इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना को कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २० करोड १४ लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत अनुमतिपत्र अझै ३१ वर्षभन्दा बढी बाँकी छ।

आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष र डिस्काउण्ट आधारमा १५.७७ वर्ष रहेको कम्पनीले जनाएको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी-आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : सोमबार, वैशाख १४, २०८३ | ०९:३४:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया