सेयर बजारमा सामन्य सुधार, २ अर्ब ५३ करोडको कारोबार
जलसरोकार
काठमाडौं– सेयर बजार कारोबारमा बुधबार झिनो सुधार छ। बजार सामान्य अंकले बढ्दा बुधबार पोखरा फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। उक्त कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबार नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा रह्यो। सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक २।४४ प्रतिशतले बढेको छ।
कारोबारमा आएका ३१३ कम्पनी मध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ। ११७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। माईखोला हाइड्रोपावरको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ।
२ अर्ब ५३ करोड ६४ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर ६३ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना