सुस्ता संवाद
प्रबल अधिकारी
नारायणी नदीमा नवनिर्मित झोलुंगे पुल तरी सुस्तापारि पुगियो । पुलको दुबैतिर वडा नं. ५ पर्छ, सुस्ता गाउँपालिकाको । रमाइलो लाग्यो ।
चिसो-चिसो हावा सुस्ताएको थियो सुस्तामा यतिखेर । त्यसैले गर्मी चाहिं भएन ।
अब सुस्तामा पुल बन्यो, सुस्तावारि र पारि जोडियो । पुलैपुल भएर ११ केभी एबीसी केबलबाट विद्युत् पनि आयो ।
तर कतिसँग जग्गाको लालपूर्जा रहेनछ ।
नेपाली नागरिकता पाउन नसकेकका केही नेपालीहरु पनि त्यहाँ कार्यक्रममा देखिए/भेटिए । सुस्तावासीहरुको यो एउटा तस्वीर क्यामेरामा कैद गर्न मन लाग्यो । गरें ।
सबैभन्दा बायाँ छेउमा देखिएका जुँगा पालेका एकजना सुस्तावासीसँग मैले कुरा गरे:
म: खुशी हुनुहुन्छ ?
उहाँ: ठीकै छ ।
म: ठीकै मात्रै ?
उहाँ: हजुर, नागरिकता छैन ।
म: हजुर नेपाली हो ?
उहाँ: जन्मसिद्ध नागरिक हो ।
म: किन नलिनुभएको नागरिकता ?
उहाँ: कागज पुग्दैन रे ।
पछि अरुहरुबाट बुझें: यो कागज भनेको लालपूर्जा रहेछ ।
भूमिहीन बन्नुको पीडा !
तर पनि नेपाली हुनुको गर्व मान्दा !
सलाम उहाँहरुलाई
पक्कै जनप्रतिनिधिहरुले ध्यान देलान्
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ