सेबोनको आईपीओ पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए, २ अर्ब ७८ करोडभन्दा बढीको शेयर निष्कासन तयारी
जलसरोकार
काठमाडाैं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा पछिल्लो समय विभिन्न क्षेत्रका ६ वटा नयाँ कम्पनीहरू थपिएका छन्। पूँजी बजारमार्फत रकम संकलन गर्ने उद्देश्यसहित यी कम्पनीहरूले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्।
थपिएका कम्पनीहरूमा हाइड्रोपावरतर्फ सुपर हेवा पावर कम्पनी लिमिटेड र रघुगंगा हाइड्रोपावर लिमिटेड रहेका छन्।
त्यसैगरी उत्पादन तथा प्रशोधन क्षेत्रमा राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन्।
यी ६ कम्पनीहरूले कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १ सय रुपैयाँ बराबरको २ करोड ७८ लाख ३४ हजार ५ सय ३१ कित्ता शेयर निष्कासनका लागि प्रक्रिया अघि बढाएका हुन्।
नयाँ थपिएका कम्पनीमध्ये राजेश मेटल क्राफ्ट्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्न २०८३ जेठ ७ गते आवेदन दिएको छ। यसको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
उक्त दिन अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले १० करोड ९ लाख ५३ हजार १ सय रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता शेयरका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत आवेदन दिएको छ।
युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोक्दै आवेदन दिएको छ।
त्यसैगरी प्रिमियर डिस्टिलरी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओका लागि सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत आवेदन दिएको छ।
जलविद्युत क्षेत्रको सुपर हेवा पावर कम्पनी लिमिटेडले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता शेयर निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत आवेदन दिएको छ भने रघुगंगा हाइड्रोपावर लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्कासनका लागि एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक तोक्दै आवेदन दिएको छ।
यी कम्पनीहरू हाल धितोपत्र बोर्डको ‘अनुपालन प्रतिवेदन सहितको आवेदन’ को प्रारम्भिक समीक्षा चरणमा रहेका छन्। बोर्डबाट अन्तिम स्वीकृति पाएपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै