सुनको मूल्य घट्दा चाँदी महँगियो
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले घटेको हो। आज छापावाल सुन प्रतितोला रु दुई लाख ७३ हजार ९०० मा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार भने सुन प्रतितोला रु दुई लाख ७५ हजार ५०० मा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ।
यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला रु ८० ले बढेर रु चार हजार ५०५ पुगेको छ। सोमबार चाँदी प्रतितोला रु चार हजार ४२५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना