चाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुनको भाउ भने घट्यो
जलसरोकार
काठमाडौं : बुधबार नेपाली बजारमा चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो दिनको तुलनामा चाँदीको भाउ ५५ रुपैयाँले बढेको हो। मंगलबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी यसअघि पुस १४ गते ४ हजार ८९५ रुपैयाँ पुगेको थियो, जुन हालको मूल्यले तोडेको छ ।
यसैबीच, सुनको मूल्यमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसअघि पुस १३ गते सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाउँदै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्यमा सामान्य उतारचढाव देखिँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना