सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुनको भाउ भने घट्यो

जलसरोकार
बुधबार, पुस २३, २०८२ | ११:०५:३८ बजे

 

काठमाडौं : बुधबार नेपाली बजारमा चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो दिनको तुलनामा चाँदीको भाउ ५५ रुपैयाँले बढेको हो। मंगलबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी यसअघि पुस १४ गते ४ हजार ८९५ रुपैयाँ पुगेको थियो, जुन हालको मूल्यले तोडेको छ ।

यसैबीच, सुनको मूल्यमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसअघि पुस १३ गते सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाउँदै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्यमा सामान्य उतारचढाव देखिँदै आएको छ ।

प्रकाशित मिति : बुधबार, पुस २३, २०८२ | ११:०५:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया