वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
जलसरोकार
पर्सा : वीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको सात महिनामा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्यका चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनको आयातबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको जनाएको छ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार गत आर्थिक वर्षको सोही अवधिमा भने रु ४३ करोड एक लाख मूल्यका एक सय ६५ वटा विद्युतीय जिप, कार र भ्यान मात्र आयात भएका थिए। त्यतिबेला ती सवारीसाधनबाट रु ३५ करोड ५० लाख राजस्व सङ्कलन भएको थियो।
चालु आवको सात महिनामा रु ८० करोड ५७ लाख मूल्यका एक हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल पनि आयात भएका छन्। तर, गत आवको सोही अवधिमा भने रु ४४ करोड तीन लाख मूल्यका तीन हजार तीन सय ७४ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए।
त्यसैगरी, चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब १६ करोड १३ लाख मूल्यका छ सय नौ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनको आयातबाट रु दुई अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने रु एक अर्ब ५० करोड मूल्यका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका थिए। ती सवारीसाधनबाट रु तीन अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो।
भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा भने रु १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?