सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार नबिल बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले

जलसरोकार
बिहीबार, जेठ २८, २०८३ | ११:२५:३८ बजे

 

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर तथा नीतिगत व्यवस्थामा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

बिहीबार संसद्को सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले आफूविरुद्ध नियोजित रूपमा बदनाम गर्ने प्रयास भइरहेको दाबी गरे। उनले आफ्नो सार्वजनिक जीवन र राजनीतिक यात्रामा इमान्दारितालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आधारहीन आरोप लगाइएको बताए।

छलफलका क्रममा भावुक देखिएका वाग्लेले आफ्नो नैतिक छवि धमिल्याउन विभिन्न प्रयास भइरहेको टिप्पणी गरे। उनले आफूले कुनै पनि प्रकारको आर्थिक अनियमितता नगरेको जिकिर गर्दै आरोप प्रमाणित गर्न चुनौती दिए।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” उनले भने।

वाग्लेले सार्वजनिक पदमा रहने व्यक्तिको नैतिक उत्तरदायित्व महत्वपूर्ण हुने उल्लेख गर्दै आफूमाथि लगाइएका आरोप तथ्यका आधारमा पुष्टि गर्न आग्रह गरे। उनले प्रमाणविना व्यक्तिको चरित्रमाथि प्रहार गर्ने प्रवृत्तिले सार्वजनिक जीवनलाई नै प्रभावित पार्ने बताए।

प्रकाशित मिति : बिहीबार, जेठ २८, २०८३ | ११:२५:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया