नेप्सेमा शिखर पावर डेभलपमेन्टको शेयर सूचीकृत, ९८ लाख कित्ता शेयर बजारमा प्रवेश
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर पावर डेभलपमेन्ट लिमिटेड को शेयर आजबाट सूचीकृत भएको छ। कम्पनीको कुल ९८ लाख कित्ता शेयर नेप्सेमा सूचीबद्ध भएको छ।
सूचिकृत शेयरमा ३२ लाख कित्ता सर्वसाधारण शेयरधनीका लागि र ६६ लाख कित्ता संस्थापक शेयरधनीका लगानी समावेश छन्। नेप्सेले कम्पनीलाई ९४.७८ रुपैयाँदेखि २८४.३४ रुपैयाँसम्मको ओपनिङ्ग मूल्य सीमा निर्धारण गरेको छ।
भोलि (चैत २७ गते) स्पेशल प्रि–ओपन सेसनमा कारोबार भइसकेपछि शेयर नियमित बजारमा पनि व्यापारमा आउनेछ। नेप्सेले कम्पनीलाई “SIPD” स्टक टिकर पनि प्रदान गरेको छ।
शिखर पावर डेभलपमेन्टको शेयर सूचीकृत भएपछि लगानीकर्ताले कम्पनीको लगानीमा प्रत्यक्ष पहुँच पाउने अवसर प्राप्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य