सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

धनतेरसकै दिन सुन–चाँदीमा भारी गिरावट,कतिमा हुँदैछ बजारमा किनबेच ?

जलसरोकार
शुक्रबार, कात्तिक २१, २०८३ | ११:१९:२८ बजे

 

काठमाडौं, २० कात्तिक । धनतेरसको दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। शुक्रबार सुन प्रतितोला ५ हजार ९०० रुपैयाँ र चाँदी ११० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन सुनको मूल्य ५ हजार ९०० रुपैयाँ घटेको हो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ कायम भएको छ। चाँदी बिहीबार प्रतितोला ४ हजार ३० रुपैयाँमा कारोबार भएकामा शुक्रबार ११० रुपैयाँ घटेको हो।

धनतेरसका दिन सुन–चाँदीको कारोबार बढ्ने अपेक्षा गरिए पनि मूल्यमा आएको भारी गिरावटले बजारमा फरक प्रभाव पारेको छ। पछिल्ला दिनमा सुनको मूल्यमा देखिएको उतारचढावसँगै शुक्रबार एकैदिन ५ हजार ९०० रुपैयाँको गिरावट आएको हो।

प्रकाशित मिति : शुक्रबार, कात्तिक २१, २०८३ | ११:१९:२८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया