सुन र चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला रु ३ हजार ८०० र चाँदी प्रतितोला रु ११५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला रु २ लाख ९० हजार ५०० मा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला रु २ लाख ९४ हजार ३०० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ११५ ले घटेको छ । महासङ्घका अनुसार मंगलबार चाँदी प्रतितोला रु ४ हजार ३९५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला रु ४ हजार ५१० मा कारोबार भएको थियो ।
पछिल्ला दिनमा नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य निरन्तर घटिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
चार दिनको भारी वर्षामा ५४२ विपद्का घटना, २७ जनाको मृत्यु
-
चार दिनपछि खुल्यो बिपी राजमार्ग
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले माउण्टेन र दरमखोला जलविद्युत् आयाेजनाकाे विद्युत् उत्पादन र प्रसारण ठप्प,नेप्सेलाई पठाइयाे छुट्टाछुट्टै पत्र
-
दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीले बगाएपछि…