साताको पहिलो दिन उच्च अंकले बढ्यो सेयर बजार, ७ अर्ब ५६ करोडको सेयर किनबेच
जलसरोकार
काठमाडौं : साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेप्से ३२.२४ अंकले बढेर २६९५.५५ विन्दुमा बन्द भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ ।
बिहीबार पाँच अर्ब २२ करोडको सेयर कारोबार भएकोमा आइतबार सात अर्ब ५६ करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा २ अर्ब ३४ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३२३ वटा धितोपत्रको एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर किनबेच भएको हो । आइतबार २२२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ।
यसदिन जोशी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३९३ रूपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, दोर्दी खोला जलविद्युतको सेयर मूल्य ६.९४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३९५ रूपैयाँ ८० पैसा कायम भएको छ।
आइतबार प्रभु स्मार्ट फण्डको मूल्य सर्वाधिक ५.७९ प्रतिशतले घटेर प्रति इकाई मूल्य १० रूपैयाँ ४२ पैसामा झरेको छ।
यस्तै, सामुदायिक लघुवित्तको मूल्य ३.९४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार तीन रूपैयाँ कायम भएको छ।
आइतबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता एक हजार ३९ रूपैयाँमा ६९ करोड १९ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३४० रूपैयाँमा ४७ करोड ८४ लाख बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन लगानी समूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशतले बढेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य