सेयर बजार २४ अंकले बढ्यो, बैंकिङ समूहमा उछाल
जलसरोकार
काठमाडौं– साताको दोस्रो कारोबारमा सेयर बजार परिसूचक २४ अंकले बढेको छ । बजार आजको कारोबारमा २४.३९ अंक बढेको हो । बजार २४ अंक बढ्दा समग्र बजार परिसूचक २ हजारको बिन्दु नजिक पुगेको छ । आजको कारोबारपश्चात बजार परिसूचक १९९८.८९ मा उक्लिएको हो । आइतबारको कारोबारमा ८ अंक बढेको बजार आज २४ अंकले बढ्न पुगेको हो ।
बजार बढ्दा १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको सेयर मूल्य घटेको छ । अघिल्लो दिन ३ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको बजारमा आज ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ९५ लाख ४१ हजार १७ कित्ता सेयर ४५ हजार ८२८ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो दिनको कारोबारमा ७८ लाख ५७ हजार ३१ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
२४ अंकले बजार बढ्दा नारायणी विकास बैंक, समाज लघुवित्त, मन्दु हाइड्रोपावर, सृजनशिल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार बढेपनि फाइनान्स समूह ०.१९ प्रतिशत, होटेल एण्ड टुरिजम ०.४४ प्रतिशत, म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ ०.१० प्रतिशत, नन लाइफ इन्स्योरेन्स ०.०३ प्रतिशत तथ ट्रेडिङ इन्डेक्स ०.३० प्रतिशतले घटेको छ । आज बैंकिङ समूहमा उल्लेख्य बढेको छ । बैंकिङ समूह ३.२१ प्रतिशतले बढेको छ । यस्तै लगानी समूह २.०४ प्रतिशत बढेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ