सेयर बजार १५ अंक बढ्यो, बैंकिङ समूहमा उछाल
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबारको कारोबारमा १५ अंक बढेको छ । साताको चौथो कारोबारमा बजार १५.५४ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार परिसूचक २१३१.४९ मा कायम छ । बजार बढ्दा ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ । अघिल्लो कारोबारको दिन २४ अंक बढेको बजार आज १५ अंकले मात्रै उकलो लागेको हो । बजारसँगै कारोबार रकमप पनि बढेको छ । आज ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको सेयर १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ७८ हजार ५१ पटकमा खरिद बिक्री भएको छ ।
बजार बढ्दा सामुदायिक लघुवित्त, बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । एनएमबि बैंक, कृषि विकास बैंक, नबिल बैंक, कालिञ्चोक दर्शन लिमिटेड, सिद्धार्थ बैंक उच्च कमाउनेमा परे ।
समूहगत उपसूचक तर्फ बैंकिङ क्षेत्रमा उछाल आएको छ । आज बैंक समूह ४.२३ प्रतिशत बढेको छ । यस्तै विकास बैंक ०.३३ प्रतिशत, होटेल तथा पर्यटन १.९० प्रतिशत तथा म्युचल फण्ड ०.३६ प्रतिशतले बढेको छ । बाँकी समूह भने घटेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा