सेयर बजार १५ अंक बढ्यो, बैंकिङ समूहमा उछाल
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबारको कारोबारमा १५ अंक बढेको छ । साताको चौथो कारोबारमा बजार १५.५४ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार परिसूचक २१३१.४९ मा कायम छ । बजार बढ्दा ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ । अघिल्लो कारोबारको दिन २४ अंक बढेको बजार आज १५ अंकले मात्रै उकलो लागेको हो । बजारसँगै कारोबार रकमप पनि बढेको छ । आज ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको सेयर १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ७८ हजार ५१ पटकमा खरिद बिक्री भएको छ ।
बजार बढ्दा सामुदायिक लघुवित्त, बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । एनएमबि बैंक, कृषि विकास बैंक, नबिल बैंक, कालिञ्चोक दर्शन लिमिटेड, सिद्धार्थ बैंक उच्च कमाउनेमा परे ।
समूहगत उपसूचक तर्फ बैंकिङ क्षेत्रमा उछाल आएको छ । आज बैंक समूह ४.२३ प्रतिशत बढेको छ । यस्तै विकास बैंक ०.३३ प्रतिशत, होटेल तथा पर्यटन १.९० प्रतिशत तथा म्युचल फण्ड ०.३६ प्रतिशतले बढेको छ । बाँकी समूह भने घटेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना