सातौं दिन घट्यो सेयर बजा, मंगलबार कारोबार रकम सामान्य बढ्यो


काठमाडौं: मंगलबार सेयर बजार २७१९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३२.२१ अंक घटेको हो । यो सहित लगातार सातौं दिन बजार घटेको छ ।
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडको भयो ।
३२ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टरमा आकर्षण देखिएको छ । सबै सेक्टर घट्दा सो सेक्टर १.९३ प्रतिशत बढ्यो ।
बैंकिङ ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशत घटे ।
महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८.८, ज्योति विकास बैंकको ३.३५ तथा सप्तकोशी विकास बैंकको् ३.११ प्रतिशत मूल्य बढ्यो ।
नेस्डो समृद्धि लघुवित्तको ६.६९, उन्नति सहकार्य लघुवित्तको ५.३६, हिमालयन पावर पार्टनरको ४.७२ तथा राप्ती हाइड्रोको ४.६८ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक