सातौं दिन घट्यो सेयर बजा, मंगलबार कारोबार रकम सामान्य बढ्यो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजार २७१९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३२.२१ अंक घटेको हो । यो सहित लगातार सातौं दिन बजार घटेको छ ।
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडको भयो ।
३२ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टरमा आकर्षण देखिएको छ । सबै सेक्टर घट्दा सो सेक्टर १.९३ प्रतिशत बढ्यो ।
बैंकिङ ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशत घटे ।
महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८.८, ज्योति विकास बैंकको ३.३५ तथा सप्तकोशी विकास बैंकको् ३.११ प्रतिशत मूल्य बढ्यो ।
नेस्डो समृद्धि लघुवित्तको ६.६९, उन्नति सहकार्य लघुवित्तको ५.३६, हिमालयन पावर पार्टनरको ४.७२ तथा राप्ती हाइड्रोको ४.६८ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य