अरुण नदीको सतिघाटमा फेरी सेवा पुनः सञ्चालनमा
जलसरोकार
भोजपुर: उत्तरी भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द गरिएको फेरी सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
अरुण नदीमा हालसम्म पक्की पुल नहुँदा स्थानीय बासिन्दाले सवारीसाधन तथा दैनिक उपभोग्य सामग्री ढुवानीका लागि फेरी सेवामाथि निर्भर रहँदै आएका छन् । तर वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो ।
फेरी बन्द हुँदा उत्तरी क्षेत्रका यात्रु र स्थानीयवासी आवतजावतमा ठूलो कठिनाइमा परेका थिए । अहिले सेवा पुनः सुरु भएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दालाई यातायातमा सहजता पुगेको छ ।
फेरी अवरुद्ध हुँदा स्थानीयले झोलुङ्गे पुलमार्फत पिँठ्यूमा बोकेर खाद्यसामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । विसं २०७६ देखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका बासिन्दाका लागि मुख्य यातायात साधन बनेको छ ।
स्थानीयवासी दिपेन्द्र श्रेष्ठका अनुसार, “पाँच महिनापछि फेरी सञ्चालनमा आउँदा निकै सहज भएको छ । फेरी नचल्दा हाम्रो दैनिकी निकै कष्टकर हुन्थ्यो । यहाँ पक्की पुल बने सधैँका लागि समस्या अन्त्य हुने थियो,” उनले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु