नेपालमा प्रधानमन्त्री वा ऊर्जा मन्त्रीले पनि कानुन पालना गर्नु परेको अवस्थामा विद्युत् प्राधिकरण ऐनको दफा २५(३) चाहिं लागू नहुने ? भन्ने प्रश्न अहिले उठेको छ । किनभने प्राधिकरणले २०७२ देखि २०७५ सालसम्म हुलास, अर्घाखाँची, जगदम्बा स्टिल, जगदम्बा सिन्थेटिक र रिलायन्स स्पिनिङको कुल ३ अर्ब ६० करोड बक्यौता नबुझाएकै कारण गत असार अन्तिम साता यी उद्योगहरुको लाइन काटेको थियो ।
पैसा नउठेमा लाइन काट्ने कानुन छ । प्राधिकरणले वर्षमा एक लाख १६ हजार ग्राहकको लाइन यसैगरी काट्दै आएको छ । प्राधिकरणले बक्यौता उठाउन खोज्दा ‘नउठा’ भनेर निर्देशन दिंदा त्यो ३ अर्ब ६० लाख रुपैयाँ प्राप्त नभएका कारण प्राधिकरणलाई पर्न गएको घाटाचाहिं विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २५(३) बमोजिम नेपाल सरकार (ऊर्जा मन्त्रालय) ले चाहिं दिनु नपर्ने ?
ती ६ उद्योगले तिर्नुपर्ने ३ अर्ब ६० करोड रुपैयाँको वार्षिक ब्याज १० प्रतिशत नै मान्ने हो भने मासिक तीन करोड रुपैयाँ हुन आउँछ । के ऊर्जा मन्त्रालयले प्राधिकरणलाई मासिक ३ करोड रुपैयाँ (दैनिक १० लाख रुपैयाँ) दिन्छ ? प्राधिकरणको दफा २५ को उपदफा १ को खण्ड (क) र (ख) मजाले लागू हुने अनि त्यही दफाको उपदफा (३) चाहिं लागू नहुने ? एउटै ऐनको कुनै दफा लागू हुने र अर्को दफा लागू नहुने भन्ने त हुँदैन होला ?
बक्यौता नउठाउने ऊर्जा मन्त्री खड्काका सबै खेल समाप्त
विद्युत् नियमन आयोगद्वारा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन
ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच रेमिटेन्स् सम्झौता
डेडिकेटेडवालाहरुको पैसा नबुझाई लाइन जोडिएमा प्राधिकरणका ट्रेड युनियनले संघर्ष गर्ने चेतावनी
ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु