सेयर बजार ७.१३ अंकले बढेसँगै नेप्से २७६५ अंकमा पुग्यो, १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । उक्त वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ ।
बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढ्दा बजारमा यस्तो प्रभाव देखिएको हो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । अन्य समूह सबैभन्दा धेरै २.९ प्रतिशत बढ्यो ।
त्यस्तै उत्पादन ०.१८, जीवन बीमा ०.८१, लगानी ०.७७, होटल तथा पर्यटन ०.०५ र बैंकिङ सेक्टर ०.०२ प्रतिशत बढे । विकास बैंक ०.१२, फाइनान्स ०.७१, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२८ र व्यापार समूह २.५१ प्रतिशत घटे ।
दुई कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढेको थियो । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ८.९६, भूगोल इनर्जीको ८.४१ तथा नेपाल पुनर्बीमाको मूल्य ६.२८ प्रतिशत बढ्यो ।
त्यस्तै विन नेपाल लघुवित्तको ८.९७, राप्ती हाइड्रोको ६.६८, रिलायन्स फाइनान्सको ४.६१, छ्याङ्दी हाइड्रोपावरको ४.१७ र बोटलर्स नेपाल बालाजुको मूल्य ४.०४ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एचआईडीसीएल, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य