सयपत्री हाइड्रोको नाफा ८.१६ प्रतिशत घट्यो
जलसरोकार
काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०्८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा ६२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ७७ लाख रुपैयाँ नाफामा रहेको थियो । तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ५ करोड ६ लाख ७६ हजार रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ४ करोड ९४ लाख रहेको थियो ।
यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट ६९ लाख रुपैयाँ कमाएको छ । यस त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ४ करोड ७ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ४ करोड ४३ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ८।१६ प्रतिशतले घटेको हो ।
हाइड्रोले वित्तीय खर्च बापत् ६३ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल २ करोड १२ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ३५ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो । जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ६२ लाख ५६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना