आईपीओ निष्कासन गर्दै सान्भी इनर्जी, पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई
जलसरोकार
काठमाडौं ः सान्भी इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्नेछ ।
आयोजा प्रभावित स्थानीयले वैशाख ५ देखि छिटोमा १९ गतेसम्म तथा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले वैशाख ५ देखि १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ । न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । यस कम्पनीले इलामको सूर्योदय नगरपालिकामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य