आईपीओ निष्कासन गर्दै सान्भी इनर्जी, पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई
जलसरोकार
काठमाडौं ः सान्भी इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्नेछ ।
आयोजा प्रभावित स्थानीयले वैशाख ५ देखि छिटोमा १९ गतेसम्म तथा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले वैशाख ५ देखि १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ । न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । यस कम्पनीले इलामको सूर्योदय नगरपालिकामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव