‘माथिल्लो अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको सहभागिता हुने’
जलसरोकार
काठमाडौँ,: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले माथिल्लो अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको सहभागिता हुने बताएका छन् ।
सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसियशन (एसकाज)ले शुक्रबार साँझ आयोजना गरेको मनराज–एसकाज पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले चाँडै माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सुरु हुने र त्यसमा सङ्खुवासभावासीको सहभागिता हुने बताएका छन् ।
“स्रोतको हिसाबले सङ्खुवासभा धनी जिल्ला हो, सङ्खुवासभावासीले आफ्नो स्रोतको उपयोग गर्न पाउनुपर्छ, सङ्खुवासभाका बासिन्दाले माथिल्लो अरुणको शेयर प्राप्त गर्नेछन्, गरिब तथा विपन्न वर्गका जनतालाई जलविद्युत्को शेयर सुनिश्चित गर्नेगरी सरकारले काम गरिरहेको छ,” उनले भने ।
मन्त्री खड्काले जनसङ्ख्याको आधारमा भन्दापनि घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने उल्लेख गरे । उनले खोेला बेच्न लागियो भनेर समाजमा गलत भाष्य सिर्जना गर्न खोजिएको बताए । “खोला बेच्न लागिएको होइन, यहाँ उत्पादित विद्युत्लाई आन्तरिक खपत बढाएर बाँकी विद्युत् छिमेकी मुलुक निर्यात गर्न लागिएको हो,” उनले भने, ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सङ्खुवासभाको विकासमा एसकाजले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । उनले पठन संस्कृतिको विकासलाई देशभर फैलाउन मनराज प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे ।
एसकाजका अध्यक्ष शङ्कर खनालले सङ्खुवासभामा जन्मेर पत्रकारितामार्फत मुलुकको विकासमा योगदान दिने पत्रकारलाई विगत आठ वर्षदेखि पुरस्कार प्रदान गरिँदै आएको जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एडीबीको आपत्तिले रोकिएको सिँचाइ आयोजना अघि बढाउन मन्त्रालयको नयाँ पहल
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो