आजदेखि सानिगाड हाइड्रोको आईपीओ खुला
जलसरोकार
काठमाडौं, : सानिगाड हाइड्रो लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। जसमध्ये २८ करोड ५० लाख रुपैयाँ बराबरका २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।
यसअन्तर्गत सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित बुंगल नगरपालिकाका वडाहरूलाई दुई समूहमा वर्गीकरण गरिएको छ। अति प्रभावित क्षेत्र अन्तर्गत वडा नं. १, २ र ४ का बासिन्दाका लागि १८ लाख ५२ हजार ५०० कित्ता शेयर छुट्याइएको छ भने बाँकी ९ लाख ९७ हजार ५०० कित्ता वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा बाँडफाँट गरिनेछ।
त्यसैगरी सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता (५ करोड ७० लाख रुपैयाँ बराबर) शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत ११ गते र आवश्यक परे चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
रेटिङतर्फ ICRA Nepal ले कम्पनीलाई ‘इक्रएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कुल लागत करिब ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ । आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ। लगानी फिर्ता अवधि साधारणतर्फ ८.२५ वर्ष र छुट दर (डिस्काउन्ट)मा १४.६९ वर्ष अनुमान गरिएको छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका सम्बन्धित शाखाबाट आवेदन दिन सक्नेछन् । साथै बुंगलस्थित पावरहाउस कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो