सानिगाड हाइड्रोको आईपीओ निष्काशन मिति परिवर्तन, अब जेठ १८ गतेदेखि बिक्री खुला
जलसरोकार
काठमाडाैं : सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको आवेदन मिति परिवर्तन गरेको छ ।
यसअघि कम्पनीले जेठ १४ गतेदेखि आईपीओ बिक्री खुला गर्ने तयारी गरेको थियो । तर नेपाल सरकारले बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि कम्पनीले निष्काशन मिति सार्दै अब जेठ १८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने जनाएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी दुई अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि तथा पाँच लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकिएको छ ।
त्यस्तै, एक लाख ७१ हजार कित्ता शेयर कर्मचारीका लागि तथा दुई लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
अब कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गर्न लागेको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।
आईपीओका लागि गरिएको रेटिङमा ICRA Nepal ले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने बताइएको छ ।
कम्पनीले सञ्चालन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको कुल लागत आठ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष तीन महिना बाँकी रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष रहेको उल्लेख गरिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो