सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजारलाई मात्र १० कित्ता
जलसरोकार
काठमाडौं : सानिगाढ हाइड्रो लिमिटेडको साधारण शेयर (आईपीओ) सोमबार बाँडफाँट भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड को कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
कम्पनीको आईपीओमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। निष्काशन अवधिमा कुल २७ लाख ५९ हजार ४९० जना लगानीकर्ताले आवेदन दिएका थिए। उनीहरूले कुल ३ करोड १ लाख ३२ हजार ५०० कित्ता शेयर खरिदका लागि माग गरेका थिए।
आवेदनमध्ये २७ लाख २७ हजार ५१५ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्।
मागभन्दा धेरै आवेदन परेपछि कम्पनीको शेयर गोलाप्रथा प्रणालीमार्फत बाँडफाँट गरिएको हो। बाँडफाँटअनुसार ४ लाख ६७ हजार ४०० जना भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
आईपीओमा आवेदन दिने अधिकांश लगानीकर्ता शेयर प्राप्त गर्न असफल भएका छन्। कुल निष्काशित शेयर संख्या सीमित र आवेदनकर्ता धेरै भएकाले धितोपत्र बजारको प्रचलित गोलाप्रथा प्रणाली अपनाइएको हो।
जलविद्युत् कम्पनीहरूको आईपीओप्रति पछिल्लो समय लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। सानिगाढ हाइड्रोको आईपीओमा परेको ठूलो आवेदनले पनि जलविद्युत् क्षेत्रप्रतिको लगानीकर्ताको चासो निरन्तर रहेको देखाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लाङटाङको क्यान्जिन गुम्बामा पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली
-
नेपाली बजारमा सुन प्रतितोला ५ हजारले बढ्यो, चाँदी पनि महँगियो
-
सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजारलाई मात्र १० कित्ता
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
इप्पानको नयाँ कार्यसमितिद्वारा शपथ तथा पदभार ग्रहण, पुरानो नेतृत्वबाट जिम्मेवारी हस्तान्तरण (फोटो फिचर)