लोडसेडिङको हल्ला निरर्थक : ऊर्जामन्त्री खड्का
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङ हुने भन्ने हल्ला निराधार भएको बताएका छन् । उनले सरकारको ऊर्जा आपूर्ति सुधार प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको र अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सहज रहेको जिकिर गरे ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले, “हामीले सुधारलाई तीव्र गतिमा अघि बढाएका छौं र उत्पादनलाई निरन्तरता दिएका छौं । त्यसैले लोडसेडिङको कुरा निरर्थक हो,” भन े।
उनका अनुसार, हाल देशले १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गर्दै आएको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको छ। यस सन्तुलनबाट करिब ५ अर्ब रुपैयाँ मुनाफा भएको उनको दाबी छ ।
मन्त्री खड्काले केही क्षेत्रमा अझै विद्युत् आपूर्ति विस्तार गर्न बाँकी रहेको स्वीकार गर्दै, ती स्थानहरूमा पनि सेवा पु¥याउने कार्य जारी रहेको स्पष्ट पारे। साथै, ऊर्जा क्षेत्रमा सुधारका कदमलाई निरन्तरता दिँदै सबै नागरिकलाई विश्वास दिलाउने प्रतिबद्धता व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना