लोडसेडिङको हल्ला निरर्थक : ऊर्जामन्त्री खड्का
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङ हुने भन्ने हल्ला निराधार भएको बताएका छन् । उनले सरकारको ऊर्जा आपूर्ति सुधार प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको र अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सहज रहेको जिकिर गरे ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले, “हामीले सुधारलाई तीव्र गतिमा अघि बढाएका छौं र उत्पादनलाई निरन्तरता दिएका छौं । त्यसैले लोडसेडिङको कुरा निरर्थक हो,” भन े।
उनका अनुसार, हाल देशले १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गर्दै आएको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको छ। यस सन्तुलनबाट करिब ५ अर्ब रुपैयाँ मुनाफा भएको उनको दाबी छ ।
मन्त्री खड्काले केही क्षेत्रमा अझै विद्युत् आपूर्ति विस्तार गर्न बाँकी रहेको स्वीकार गर्दै, ती स्थानहरूमा पनि सेवा पु¥याउने कार्य जारी रहेको स्पष्ट पारे। साथै, ऊर्जा क्षेत्रमा सुधारका कदमलाई निरन्तरता दिँदै सबै नागरिकलाई विश्वास दिलाउने प्रतिबद्धता व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो