सत्ता परिवर्तनको हल्लाले सेयर बजारमा उछाल, सबै सूचक हरियो
जलसरोकार
काठमाडौं– सरकार परिवर्तनको हल्लाले २ पटक सर्किट ब्रेकर लागेको सेयर बजार अन्त्यमा ४७ अंकले बढेको छ । बजार खुलेको १ मिनेटमै सर्किट लागेको बजार खुल्नासाथ पुन सर्किट लागेको थियो । सो पछि खुलेको बजार भने सम्हालिन पुग्यो । सत्ता परिवर्तनको असरले बजार उकालो लाग्ने हल्लाले बढेको बजार प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने र अविस्वासको प्रस्ताव सामना गर्ने सामाचार आएपछि सम्हालिएको थियो । सत्ता परिवर्तन हुने भएसँगै कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशत बढेको थियो । दोस्रो पटक खुलेपछि बजार ५ प्रतिशत बढेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से २१६२ अंकमा पुग्यो ।
अन्तमा बजार ४७.०४ अंकले बजार बढदा समग्र बजार मापक २१००.४३ विन्दुमा उक्लिएको छ । आज २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर ६० हजार ७२० पटकमा खरिद बिक्री भएको छ ।
हिमालयन डिस्ट्रीलरी, समाज लघुवित्त, गुणविल फाइनान्स, नेशनल हाइड्रोपावर, सनराइज ब्लूचिप फण्ड मंगलबार उच्च कारोबार गर्ने ५ कम्पनीमा परे । समूहगत उपसूचक तर्फ सबै समूहको सेयर मूल्य बढेको छ । जसमा बैंकिङ समूह ३.३ प्रतिशत, म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ ३.३० प्रतिशत, व्यापार समूह ३.१२ प्रतिशतको उच्च प्रतिशतले बढेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार