सत्ता परिवर्तनको हल्लाले सेयर बजारमा उछाल, सबै सूचक हरियो
जलसरोकार
काठमाडौं– सरकार परिवर्तनको हल्लाले २ पटक सर्किट ब्रेकर लागेको सेयर बजार अन्त्यमा ४७ अंकले बढेको छ । बजार खुलेको १ मिनेटमै सर्किट लागेको बजार खुल्नासाथ पुन सर्किट लागेको थियो । सो पछि खुलेको बजार भने सम्हालिन पुग्यो । सत्ता परिवर्तनको असरले बजार उकालो लाग्ने हल्लाले बढेको बजार प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने र अविस्वासको प्रस्ताव सामना गर्ने सामाचार आएपछि सम्हालिएको थियो । सत्ता परिवर्तन हुने भएसँगै कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशत बढेको थियो । दोस्रो पटक खुलेपछि बजार ५ प्रतिशत बढेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से २१६२ अंकमा पुग्यो ।
अन्तमा बजार ४७.०४ अंकले बजार बढदा समग्र बजार मापक २१००.४३ विन्दुमा उक्लिएको छ । आज २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर ६० हजार ७२० पटकमा खरिद बिक्री भएको छ ।
हिमालयन डिस्ट्रीलरी, समाज लघुवित्त, गुणविल फाइनान्स, नेशनल हाइड्रोपावर, सनराइज ब्लूचिप फण्ड मंगलबार उच्च कारोबार गर्ने ५ कम्पनीमा परे । समूहगत उपसूचक तर्फ सबै समूहको सेयर मूल्य बढेको छ । जसमा बैंकिङ समूह ३.३ प्रतिशत, म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ ३.३० प्रतिशत, व्यापार समूह ३.१२ प्रतिशतको उच्च प्रतिशतले बढेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्री कुलमान घिसिङ र भारतका विद्युत मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता
-
इनरुवा-पूर्णिया र लम्की-बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहेल्डर सम्झौतामा हस्ताक्षर
-
गत वर्षको तुलनामा वीरगञ्ज नाकाको आयात ३४ अर्बले वृद्धि
-
सुनको मूल्यमा चारदिनदेखि निरन्तर घट्यो, चाँदी भने बढ्यो
-
मुस्ताङमा बिहानैदेखि भारी हिमपात, जनजीवन प्रभावित
-
कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना, नदीहरूमा आकस्मिक बहावको चेतावनी