सत्तारुढ दलको बैठक बालुवाटारमा जारी, नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल
जलसरोकार
काठमाडौं : सत्तारुढ दलको बैठक बालुवाटारमा जारी छ । यही वैशाख १९ गते शुक्रबार प्रतिनिधिसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । उक्त विषयको छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठक बोलाएका थिए ।
जारी बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भइरहेको छ ।
आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । मङ्गलवार पनि वार्ता भएको थियो । तर सहमति जुट्न सकेन ।
सत्तारुढ दलहरूको बैठकले तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्नसक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गर्नेछन्।
बैठकमा गठबन्धन दलहरुबीच बढेको अविश्वासबारे पनि छलफल हुनेछ। पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि कांग्रेस नेताहरुले असन्तुष्टि जनाउँदै आइरहेका छन्।
बैठकमा कांग्रेस, एमाले, जसपा, लोसपालगायतका नेताहरु सहभागी छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२२ अर्ब बढीको संस्थापक सेयर सूचीकृत गरिदिन इप्पानको माग
-
नेप्से ७४.७३ अंकले घट्यो, कारोबार रकम १२ अर्ब नाघ्यो
-
ऊर्जा मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन, कार्यसम्पादन अनुगमन गरिने
-
साहस ऊर्जालाई सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति
-
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदार आन्दोलन, काम ठप्प
-
महाकाली सिँचाइ आयोजना : नहर निर्माण पूरा, पानी प्रवाह अझै अन्योलमा