सामाजिक सञ्जाल सूचीकरणबारे रास्वपाको जिज्ञासा, मेटा र युट्युबलाई पत्र
जलसरोकार
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनीहरूको सूचीकरण र दर्ता प्रक्रियासम्बन्धी जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ ।
रास्वपाका सहमहामन्त्री विपीन आचार्यले सामाजिक सञ्जाल कम्पनी (मेटा र गुगल) र नेपाल सरकारबीच दर्तासम्बन्धी संवाद सुरु गर्न पहल गर्न पत्र पठाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीले मेटासँग नेपाल सरकारको निर्देशनअनुसार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई नेपालमा दर्ता गर्न चालिएका कदमबारे प्रष्टिकरण मागेको छ । साथै, दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौती र सम्भावित समाधानका विषयमा समेत जिज्ञासा राखिएको छ ।
यस्तै, गुगलसँग पनि युट्युबसम्बन्धी दर्ता, सूचीकरण र सरकारले तोकेका कानुनी व्यवस्थाबारे स्पष्ट धारणा दिन पत्राचार गरिएको छ ।
रास्वपाले सामाजिक सञ्जालको प्रयोग नेपालमा तीव्र रुपमा बढिरहेको उल्लेख गर्दै पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि दर्ता प्रक्रिया अपरिहार्य भएको बताएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो