सामाजिक सञ्जाल सूचीकरणबारे रास्वपाको जिज्ञासा, मेटा र युट्युबलाई पत्र
जलसरोकार
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनीहरूको सूचीकरण र दर्ता प्रक्रियासम्बन्धी जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ ।
रास्वपाका सहमहामन्त्री विपीन आचार्यले सामाजिक सञ्जाल कम्पनी (मेटा र गुगल) र नेपाल सरकारबीच दर्तासम्बन्धी संवाद सुरु गर्न पहल गर्न पत्र पठाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीले मेटासँग नेपाल सरकारको निर्देशनअनुसार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई नेपालमा दर्ता गर्न चालिएका कदमबारे प्रष्टिकरण मागेको छ । साथै, दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौती र सम्भावित समाधानका विषयमा समेत जिज्ञासा राखिएको छ ।
यस्तै, गुगलसँग पनि युट्युबसम्बन्धी दर्ता, सूचीकरण र सरकारले तोकेका कानुनी व्यवस्थाबारे स्पष्ट धारणा दिन पत्राचार गरिएको छ ।
रास्वपाले सामाजिक सञ्जालको प्रयोग नेपालमा तीव्र रुपमा बढिरहेको उल्लेख गर्दै पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि दर्ता प्रक्रिया अपरिहार्य भएको बताएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना