नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन


झापा: आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो ।
कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन–चैत) महिनामा रु दुई अर्ब १७ करोड १९ लाख तीन हजार राजस्व सङ्कलन भएको ंसूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए । चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए ।
गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको नौ महिनाको लक्ष्यको ८१ दशमलव ४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताए । कार्यालयले नौ महिनामा आयकरबाट रु एक अर्ब सात करोड ९४ लाख ९४ हजार, ब्याजबापत रु सात करोड १९ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत रु ७६ करोड ७१ लाख नौ हजार, अन्तःशुल्कबापत रु ३९ करोड ९७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।
यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी रु एक करोड ७५ लाख असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए । “कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ ।
यसका साथै कर बक्यौता राख्ने करदाताको बैङ्क खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही पनि गरिएको छ”, उनले भने, ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने
-
यस्तो थियो दोस्रो योजना (२०१९–२०२३) कालमा नेपालको विद्युत् अवस्था
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्ड सार्वजनिक निष्कासनमा
-
राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल
-
यस्तो रहनेछ आजको मौसम, (मौसम शब्दावलीका अर्थसहित)
-
पहिलो आवधिक योजना (२०१३–२०१८) मा विद्युत् : देशको जडित क्षमता २० मेगावाट पुर्याउने लक्ष्य