नोक्सानीमा रहेको दोर्दीखोला हाइड्रोपावरको हकप्रद सेयर खुल्यो
जलसरोकार
काठमाडौं : नोक्सानीमा रहेको दोर्दीखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
आजदेखि वैशाख ८ गतेसम्म यस कम्पनीका सेयरधनीले अनलाइन प्रणाली मेरोसेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । फागुन १४ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ छ । हकप्रद निष्कासनबाट त्यति नै पैसा संकलन गर्दैछ । सो पैसा दीर्घकालीन ऋण तिर्न प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
विभिन्न बैंकमा १ अर्ब ७४ करोड रुपैयाँ ऋण रहेको कम्पनीले जनाएको छ । हकप्रद निष्कासनको रकमबाट पनि पूरै ऋण चुक्ता हुँदैन ।
पुस मसान्तसम्म यो कम्पनी ८० लाख ७० हजार रुपैयाँ खुद नोक्सानीमा छ । हाल प्रतिसेयर नेटवर्थ १ सयभन्दा पनि कम अर्थात् जम्मा ८५ रुपैयाँ ५३ पैसा छ भने वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा ऋणात्मक छ ।
यस्तो कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएर शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान