रिज लाइन इनर्जीले १०.५२ प्रतिशत नगद लाभांश दिने
जलसरोकार
काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले आगामी कात्तिक १७ गते मंगलबार ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेट प्रालिमा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशतका दरले हुने १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त लाभांशमा करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभाले १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनका लागि प्राप्त सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने सम्बन्धमा पनि निर्णय गर्नेछ।
यसैगरी, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि साधारण सभामा छलफल तथा पारितका लागि पेस गरिने कम्पनीले जनाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २३ गते एक दिन बुकक्लोज गर्ने भएको छ। बुकक्लोजअनुसार असोज २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन तथा घोषित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सिँचाईं विभाग सार्ने खेल : पढाइ नपुगेकाको बुद्धि
-
राष्ट्रिय प्रसारण ग्रिडको शुल्क तोकियो, मेगावाटमा मासिक ४ लाख १३ हजार
-
तीन दिनको गिरावटपछि नेप्सेमा झिनो सुधार, कारोबार ४ अर्ब ८९ करोड
-
दसैँमा नयाँ नोट साट्न छुट्टै मिति कुर्न नपर्ने, राष्ट्र बैंकले नियमित सेवाबाटै वितरण गर्ने
-
रिज लाइन इनर्जीले १०.५२ प्रतिशत नगद लाभांश दिने
-
उपत्यकामा इन्डक्सन चुलो बाल्दा तीन हजार मेगावाट विद्युत् आवश्यक पर्ने