नौ महिनामा करिब ३ अर्ब ९८ करोड राजस्व सङ्कलन, लक्ष्यभन्दा कम
जलसरोकार
काठमाडौँ : आन्तरिक राजस्व कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ।
कार्यालयले उक्त अवधिमा रु चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि सो लक्ष्यभन्दा कम राजस्व उठेको कार्यालय प्रमुख आनन्दकुमार गुप्ता ले जानकारी दिए ।
सङ्कलित राजस्वमध्ये आयकरबाट रु एक अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहालकरबाट रु तीन करोड १८ लाख ९९ हजार, ब्याजकरबाट रु छ करोड १७ लाख ८५ हजार, मूल्य अभिवृद्धि कर (भ्याट)बाट रु ८१ करोड ९४ लाख २० हजार र अन्तःशुल्कबाट रु एक अर्ब ८८ करोड ८५ लाख ७१ हजार राजस्व सङ्कलन भएको छ।
त्यस्तै स्वास्थ्य सेवा करबाट रु तीन लाख १० हजार, शिक्षाकरबाट रु एक हजार तथा अन्य शीर्षकबाट रु दुई करोड ५२ लाख ६६ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
यसैबीच, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक फर्ममाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा फर्मले रु चार करोड ३० लाख राजस्व दाखिला गरेका छन्।
हाल उक्त कार्यालयमा एक लाख ६६ हजार ६५२ करदाता दर्ता रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो