गत वर्षको तुलनामा १ खर्ब २० अर्बले बढी राजस्व संकलन
जलसरोकार
काठमाडौं : आर्थिक वर्ष २०८१/०८२ मा सरकारले ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा यो १ खर्ब २० अर्ब रुपैयाँले बढी हो, जुन ११.३३ प्रतिशत वृद्धि हो।
आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु वर्षको सुरुआतमा सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि अर्धवार्षिक समीक्षापछि लक्ष्य परिमार्जन गरी १२ खर्ब ८६ अर्ब कायम गरिएको थियो। संशोधित लक्ष्यको ९१.६० प्रतिशत राजस्व संकलन भएको राजस्व महाशाखाले जनाएको छ।
राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद्, अन्तर्राष्ट्रिय आर्थिक अस्थिरता र आन्तरिक चुनौतीका बाबजुद पनि सरकारको राजस्व संकलन गत वर्षभन्दा उत्साहजनक रह्यो। “अब हामी चालु आर्थिक वर्षको राजस्व लक्ष्य हासिल गर्ने तयारीमा छौं,” खत्रीले बताए।
सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ।
पछिल्ला १० वर्षको राजस्व संकलन यस्तो छ:
| आर्थिक वर्ष | राजस्व संकलन (रु खर्ब) |
|---|---|
| २०७१/०७२ | ४.०५ |
| २०७२/०७३ | ४.८१ |
| २०७३/०७४ | ६.०९ |
| २०७४/०७५ | ७.२६ |
| २०७५/०७६ | ८.२९ |
| २०७६/०७७ | ७.९३ |
| २०७७/०७८ | ९.३५ |
| २०७८/०७९ | १०.६६ |
| २०७९/०८० | ९.५७ |
| २०८०/०८१ | १०.५८ |
| २०८१/०८२ | ११.७८ |
राजस्व वृद्धिको यो प्रवृत्तिलाई सरकारले सकारात्मक संकेतका रूपमा लिएको छ। आगामी वर्षहरूमा दिगो आर्थिक वृद्धिका लागि राजस्व प्रशासनलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउने योजना अघि सारिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा