वर्षाबाट क्षतिग्रस्त स्याफ्रु–रसुवागढी सडकखण्डको मर्मत कार्य सुरु
जलसरोकार
रसुवा : असोज १८ गतेको अविरल वर्षाबाट क्षतिग्रस्त स्याफ्रु–रसुवागढी सडकखण्डको मर्मत कार्य सुरु गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका र सडक विभागले संयुक्त रूपमा मर्मत थालेका हुन् ।
मर्मतका लागि गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर परिचालन गरिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।
१६ किलोमिटर लामो याङयाङदेखि रसुवागढीसम्मको सडकका २० भन्दा बढी स्थानमा पहिरोले क्षति पु¥याएको छ । दुवै निकायले मर्मत खर्च आआफ्नै तर्फबाट व्यहोर्ने निर्णय गरेका छन् ।
गत असार र साउन महिनामा पनि बाढीपहिरोका कारण यो सडकखण्ड अवरुद्ध भएको थियो। मर्मतपछि सञ्चालनमा आएको सडक तेस्रो पटक पुनः पहिरोले क्षति पुगेको हो ।
यसैबीच, ल्हेन्दे खोलामा मितेरी पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । तिहारसम्म बेलिब्रिज तयार हुने अनुमान गरिएको छ । गत असार २४ गतेको बाढीले पुरानो मितेरी पुल बगाएपछि नेपाल–चीन सीमा नाका बन्द भएको थियो ।
मितेरी पुल तयार भएपछि पुनः व्यापारिक र आवागमनका गतिविधि सहज हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी