वर्षाबाट क्षतिग्रस्त स्याफ्रु–रसुवागढी सडकखण्डको मर्मत कार्य सुरु
जलसरोकार
रसुवा : असोज १८ गतेको अविरल वर्षाबाट क्षतिग्रस्त स्याफ्रु–रसुवागढी सडकखण्डको मर्मत कार्य सुरु गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका र सडक विभागले संयुक्त रूपमा मर्मत थालेका हुन् ।
मर्मतका लागि गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर परिचालन गरिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।
१६ किलोमिटर लामो याङयाङदेखि रसुवागढीसम्मको सडकका २० भन्दा बढी स्थानमा पहिरोले क्षति पु¥याएको छ । दुवै निकायले मर्मत खर्च आआफ्नै तर्फबाट व्यहोर्ने निर्णय गरेका छन् ।
गत असार र साउन महिनामा पनि बाढीपहिरोका कारण यो सडकखण्ड अवरुद्ध भएको थियो। मर्मतपछि सञ्चालनमा आएको सडक तेस्रो पटक पुनः पहिरोले क्षति पुगेको हो ।
यसैबीच, ल्हेन्दे खोलामा मितेरी पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । तिहारसम्म बेलिब्रिज तयार हुने अनुमान गरिएको छ । गत असार २४ गतेको बाढीले पुरानो मितेरी पुल बगाएपछि नेपाल–चीन सीमा नाका बन्द भएको थियो ।
मितेरी पुल तयार भएपछि पुनः व्यापारिक र आवागमनका गतिविधि सहज हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली