त्रिभुवन विमानस्थलमा हवाई उडान नियमित सञ्चालन
जलसरोकार
काठमाडौँ: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार साँझदेखि आन्तरिक र अन्तरराष्ट्रिय दुवै हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार विगतका दिनझैँ उडानहरू सामान्य रूपमा भइरहेका छन् । यात्रु आवागमन सहज बनाउन सुरक्षा निकायसँग समन्वय गरिएको छ । उनले भने,“विगतका दिनहरूमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । यात्रुलाई कुनै असुविधा नहोस् भनेर आवश्यक व्यवस्था मिलाइएको छ ।”
हालको उडान तालिका भन्दा थप उडान गर्न नसकिने भए पनि नियमित क्षमतामा उडान भैरहेको विमानस्थलले जनाएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावत सहज बनाइएको छ । नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकका लागि सटल बसको व्यवस्था मिलाएको छ भने वायुसेवा कम्पनीहरूले आफ्ना यात्रुलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गरिरहेका छन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नै नियमित रूपमा उडानहरू सञ्चालन भइरहेका छन् । पछिल्ला दिनमा रोकिएका यात्रुलाई प्राथमिकताका आधारमा गन्तव्यसम्म लैजाने कार्य भइरहेको उनले बताए ।
‘जेनजी पुस्ता’का कारण उत्पन्न विषम परिस्थितिअनुसार भदौ २४ गतेदेखि विमानस्थल बन्द गरिएको थियो । तर विमानस्थल सुरक्षा समितिको निर्णयअनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि उडान पुनः सुरु गर्ने निर्णय गरिएपछि साँझदेखि उडानहरू सञ्चालनमा आएका हुन् ।
विमानस्थलले यात्रुलाई आधिकारिक टिकट र परिचय खुल्ने कागजातसहित समयमै विमानस्थल पुग्न आग्रह गरेको छ ।
त्रिभुवन विमानस्थल हुँदै दैनिक तीन सयभन्दा बढी उडान हुने गर्छ । यसमध्ये आन्तरिकतर्फ करिब २५० भन्दा बढी र अन्तरराष्ट्रियतर्फ १०० हाराहारी उडान हुन्छन् । हाल आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनी र अन्तरराष्ट्रिय क्षेत्रमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले नियमित सेवा दिइरहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको समीक्षा : पर्यटन, जलविद्युत् र विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र उज्यालोतर्फ
-
मौद्रिक नीतिको समीक्षा: खर्च ३६४ अर्ब, राजस्व २४९ अर्ब; ऋण परिचालन १०६ अर्ब
-
नेपाल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषलाई १ करोड ५० लाख सहयोग
-
शेयर बजारमा फेरि दबाब: सुस्त कारोबारसँगै नेप्से झर्यो
-
मुद्रास्फीति नियन्त्रणदेखि विदेशी मुद्रा सञ्चिति मजबुत
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण