रिडी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत
जलसरोकार
काठमाडौं– रिडी पावर कम्पनी लिमिटेडले विक्री गरेको ५० प्रतिशत हकप्रद सेयर धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सोमवार धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको हो । यी सेयर मंगलवारदेखि कारोबारयोग्य हुनेछन् । सम्बन्धित सेयरधनीहरूले भने आफ्नो हकप्रद सेयर हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
यस कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म साविक चुक्तापूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रूपैयाँको आधारमा ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर कम्पनीले विक्री गरेको थियो । सो अवधिसम्म विक्री खुला गर्दा वितरण हुन नसेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर भने कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।
कम्पनीले चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म अवितरित हकप्रद सेयर विक्री गरेको थियो । ५० प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रूपैयाँ कायम भएको छ । यस कम्पनीको संस्थापकतर्फको सेयर २०७३ साल चैत १८ गतेदेखि सर्वसाधारण सेयर सहर कारोबार योग्य भएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पुरा गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा