रिडी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत
जलसरोकार
काठमाडौं– रिडी पावर कम्पनी लिमिटेडले विक्री गरेको ५० प्रतिशत हकप्रद सेयर धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सोमवार धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको हो । यी सेयर मंगलवारदेखि कारोबारयोग्य हुनेछन् । सम्बन्धित सेयरधनीहरूले भने आफ्नो हकप्रद सेयर हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
यस कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म साविक चुक्तापूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रूपैयाँको आधारमा ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर कम्पनीले विक्री गरेको थियो । सो अवधिसम्म विक्री खुला गर्दा वितरण हुन नसेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर भने कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।
कम्पनीले चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म अवितरित हकप्रद सेयर विक्री गरेको थियो । ५० प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रूपैयाँ कायम भएको छ । यस कम्पनीको संस्थापकतर्फको सेयर २०७३ साल चैत १८ गतेदेखि सर्वसाधारण सेयर सहर कारोबार योग्य भएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पुरा गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना