सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवागढी हाइड्रोपावर १२३ करोड ९६ लाख रुपैयाँ घाटामा, विद्युत् बिक्री आम्दानी बढ्यो

जलसरोकार
बुधबार, वैशाख ३०, २०८३ | ०९:५१:३७ बजे

 

काठमाडौं : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब २३ करोड ९६ लाख रुपैयाँभन्दा बढी घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी १ अर्ब २३ करोड ९६ लाख ५३ हजार रुपैयाँ खुद घाटामा रहेको हो ।

गत आर्थिक वर्षको उक्त अवधिमा कम्पनी १४ करोड ६० लाख रुपैयाँ घाटामा थियो । दोस्रो त्रैमाससम्म कम्पनीको घाटा १ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको विद्युत् बिक्री आम्दानी भने उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीले ७७ करोड ७७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६१ करोड १० लाख रुपैयाँ रहेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीको आम्दानी २५ करोड ४२ लाख रुपैयाँ थियो ।

आम्दानी बढे पनि उत्पादन लागत, प्रशासनिक खर्च तथा मूल्यह्रास खर्च बढ्दा कम्पनी गहिरो घाटामा पुगेको देखिएको छ । कम्पनीको प्लान्ट सञ्चालन लागत १७ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने रोयल्टी खर्च २ करोड ३४ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रशासनिक खर्च १ करोड ३६ लाख रुपैयाँ र मूल्यह्रास तथा अमोर्टाइजेशन खर्च ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नोक्सानी १८ करोड ३९ लाख रुपैयाँ रहेको छ । वित्तीय लागत भने अत्यधिक बढेर १ अर्ब २ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन कम्पनी घाटामा जानुको मुख्य कारण बनेको देखिन्छ ।

कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चित नोक्सानी २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी कम्पनीको कुल इक्विटी ४ अर्ब ७९ करोड १८ लाख रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २३ अर्ब ४९ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीसँग ५२ करोड ९३ लाख रुपैयाँ नगद तथा नगद सरह मौज्दात रहेको छ ।

कम्पनीको दीर्घकालीन ऋण १ अर्ब ४४ करोड ६३ लाख रुपैयाँ रहेको छ भने अल्पकालीन कर्जा ३२ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

वित्तीय विवरणसँगै कम्पनीले आयोजना निर्माण तथा सञ्चालनसम्बन्धी केही कानुनी र प्राविधिक विषय अझै समाधान प्रक्रियामै रहेको जनाएको छ । कम्पनीका अनुसार आयोजनासँग सम्बन्धित केही दाबी, क्षतिपूर्ति तथा ठेक्का विवादहरू मध्यस्थता र न्यायिक प्रक्रियामा रहेका छन् ।

 

प्रकाशित मिति : बुधबार, वैशाख ३०, २०८३ | ०९:५१:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया