छ महिनापछि खुल्यो रसुवागढी नाका, मितेरी पुलबाट आवतजावत सुरु
जलसरोकार
काठमाडौं : छ महिनादेखि बन्द रहेको नेपाल–चीन सीमा नाका रसुवागढी आजदेखि पुनः सञ्चालनमा आएको छ । आज बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरुङतर्फ जान थालेका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार नेपाल–चीन सीमा क्षेत्रको ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण सम्पन्न भएपछि चिनियाँ पक्षले पुस १७ गतेदेखि नाका खोल्न सहमति जनाएको थियो । सोही सहमतिअनुसार आजदेखि औपचारिक रूपमा आवतजावत सुरु भएको हो ।
यसअघि गत असार २४ गते अघि केरुङतर्फ गएका मालवाहक कन्टेनरका डिब्बा फिर्ता ल्याउन तथा अड्किएका सामग्री व्यवस्थापन गर्न नेपाली चालक र व्यवसायीका प्रतिनिधि समेत आजै केरुङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए ।
ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि असारदेखि नै रसुवागढी नाका बन्द हुँदा व्यापार–व्यवसाय ठप्प भएको थियो । नाका बन्द रहेकै कारण गत वर्षको सोही अवधिको तुलनामा भन्सार शुल्कबाट मात्रै करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सान भइसकेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पु¥याउनुका साथै रसुवागढी–स्याफ्रुबेँसी १६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा नदी कटान भएको थियो । नाका पुनः सञ्चालनमा आएपछि स्थानीय व्यापार, आयात–निर्यात तथा राजस्व संकलनमा क्रमशः सुधार आउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता