नोट छाप्न राष्ट्र बैंकले छान्यो ६ कम्पनी, दुई वर्षसम्म प्रतिस्पर्धा गर्न सक्ने


काठमाडौं: नेपाल राष्ट्र बैंकले चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ ।
पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका हुन् ।
छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेण्डर) मा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
’दुई÷दुई वर्षमा नोट छाप्ने नयाँ चक्र सुरू हुन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ’अबको चक्रको लागि छानिएका यी कम्पनीहरूले प्रतिस्पर्धा गर्न सक्छन्।’
यो अवधिमा जुन जुन नोट छाप्न पर्ने हुन्छ, त्यसको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गर्छ। यो प्रक्रियामा यी ६ वटै कम्पनीले भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेण्डर प्राप्त गर्छ।
अहिले बजारमा ६ खर्ब ४० अर्ब बराबरका नोट चलनचल्तीमा रहेका छन्।
एक हजारको नोट नै चार खर्ब ५३ अर्ब रूपैयाँ बराबरका छन्। एक खर्ब २७ अर्ब रूपैयाँ बराबरका पाँच सयका नोट छन्।
आठ करोड ११ लाख रूपैयाँ बराबरका दुई सय ५० दरका नोट र ३० अर्ब रूपैयाँ बराबरका एक सय दरका नोट रहेका छन्।
त्यस्तै, १३ अर्ब ६ करोड रूपैयाँ बराबरका ५० दरका नोट, पाँच करोड २९ लाख रूपैयाँ बराबरका २५ दरका नोट, सात अर्ब ४४ करोड बराबरका २० दरका नोट छन्।
५ अर्ब ५९ करोड रूपैयाँ बराबरका १० दरका नोट र ३ अर्ब ७९ करोड रूपैयाँ बराबरका ५,२, १ दरका नोट चलनचल्तीमा छन्।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक