नोट छाप्न राष्ट्र बैंकले छान्यो ६ कम्पनी, दुई वर्षसम्म प्रतिस्पर्धा गर्न सक्ने
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकले चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ ।
पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका हुन् ।
छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेण्डर) मा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
’दुई÷दुई वर्षमा नोट छाप्ने नयाँ चक्र सुरू हुन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ’अबको चक्रको लागि छानिएका यी कम्पनीहरूले प्रतिस्पर्धा गर्न सक्छन्।’
यो अवधिमा जुन जुन नोट छाप्न पर्ने हुन्छ, त्यसको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गर्छ। यो प्रक्रियामा यी ६ वटै कम्पनीले भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेण्डर प्राप्त गर्छ।
अहिले बजारमा ६ खर्ब ४० अर्ब बराबरका नोट चलनचल्तीमा रहेका छन्।
एक हजारको नोट नै चार खर्ब ५३ अर्ब रूपैयाँ बराबरका छन्। एक खर्ब २७ अर्ब रूपैयाँ बराबरका पाँच सयका नोट छन्।
आठ करोड ११ लाख रूपैयाँ बराबरका दुई सय ५० दरका नोट र ३० अर्ब रूपैयाँ बराबरका एक सय दरका नोट रहेका छन्।
त्यस्तै, १३ अर्ब ६ करोड रूपैयाँ बराबरका ५० दरका नोट, पाँच करोड २९ लाख रूपैयाँ बराबरका २५ दरका नोट, सात अर्ब ४४ करोड बराबरका २० दरका नोट छन्।
५ अर्ब ५९ करोड रूपैयाँ बराबरका १० दरका नोट र ३ अर्ब ७९ करोड रूपैयाँ बराबरका ५,२, १ दरका नोट चलनचल्तीमा छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो