बैंकिङ प्रणालीमा तरलता रोक्न ३० अर्ब खिच्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौं,: बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१÷८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।
निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी ३ चैतमा भुक्तानी हुनेछ ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको समीक्षा: खर्च ३६४ अर्ब, राजस्व २४९ अर्ब; ऋण परिचालन १०६ अर्ब
-
नेपाल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषलाई १ करोड ५० लाख सहयोग
-
शेयर बजारमा फेरि दबाब: सुस्त कारोबारसँगै नेप्से झर्यो
-
मुद्रास्फीति नियन्त्रणदेखि विदेशी मुद्रा सञ्चिति मजबुत
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण
-
२०८२ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १२.२ प्रतिशतले वृद्धि