राप्ती हाइड्रोले पायो ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति
जलसरोकार
काठमाडौं : विद्युत् नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको छ ।
आयोगले कम्पनीलाई चुक्ता पुँजीको १ बराबर ०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको हो । स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यका ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद शेयरको कुल रकम रु ३० करोड ८१ लाख २६ हजार २५४ रुपैयाँ ३४ पैसा बराबर हुनेछ ।
कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले चुक्ता पुँजीको १ बराबर ०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा कम्पनीले आयोगसँग हकप्रद निष्काशनको अनुमति मागेको थियो ।
तर आयोगले असोज ८ गते कम्पनीलाई माग गरिएको अनुपातभन्दा कम अर्थात् १ बराबर ०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लिट्मसले नेपाली बजारमा भित्र्यायो दुई नयाँ कन्डक्टर प्रविधि
-
हिउँदमा आफ्नै उत्पादन १,२१८ मेगावाट, भारतबाट १,१५५ मेगावाट ल्याउने प्राधिकरणको योजना
-
नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरियो
-
मुस्ताङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध
-
विद्युत्मा लगाइएको भ्याट तत्काल हटाउन उद्योग वाणिज्य महासंघको माग