राधि विद्युत् कम्पनीले घोषणा गर्यो ५ प्रतिशत लाभांश
जलसरोकार
काठमाडौं,: राधि विद्युत् कम्पनीले सेयरधनीका लागि ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
साथै कम्पनीले पुस १८ गतेका लागि साधारणसभा बोलाएको छ । पुस ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश र साधारणभामा भाग लिन सक्नेछन् ।
साथै कम्पनीले १ बराबर ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगको सहमति पश्चात साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स