पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
जलसरोकार
काठमाडौं - पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनसँगै अन्य विविध प्रस्ताव पारितका लागि वैशाख १५ गते विशेष सधारण सभा गर्ने निर्णय गरेको थियो । कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत प्रतिनिधित्व हुन पाउने गरी कम्पनीले विहान ११ बजे विशेष साधारण सभा गर्न लागेको हो । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै त्यसको अख्तियारी दिने सम्बन्धमा समेत सभाले निर्णय गर्नेछ ।
नयाँ परियोजनामा लगानी गर्ने सम्बन्धमा समेत सभामा छलफल हुनेछ । आईपीओ निष्कासनको खर्च जुटाउन कम्पनीले यस अघि संस्थापक शेयरधनीहरूबाट चुक्ता हुन बाँकी रकम उक्त शेयर विक्री गरेर जुटाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना