करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
जलसरोकार
काठमाडाैं : अर्थमन्त्री स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले करको विवेकपूर्ण र पारदर्शी उपयोग गर्ने नीति अपनाएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारको कर व्यवस्थापनसम्बन्धी धारणा स्पष्ट पारेका हुन् ।
अर्थमन्त्री वाग्लेले हजारौँ स्रोतबाट संकलन हुने कर एकीकृत सञ्चित कोषमा जम्मा हुने र त्यसलाई आवश्यकता तथा प्राथमिकताका आधारमा उपयोग गरिने बताए । उनका अनुसार करलाई निश्चित प्रयोजनका लागि मात्रै छुट्याउने (इयरमार्किङ) व्यवस्था व्यवहारिक रूपमा जटिल हुने भएकाले सरकारले समग्र आवश्यकता अनुसार स्रोत परिचालन गर्ने नीति लिएको छ ।
उनले पूर्वाधार, प्रदूषण नियन्त्रण तथा अन्य शीर्षकमा उठाइएका करहरू विभिन्न मन्त्रालय तथा निकायमार्फत कार्यान्वयन हुने बजेट प्रणालीमै प्रतिबिम्बित हुने उल्लेख गरे । साथै, संसदले आवश्यक ठानेमा विशेष प्रकारको बजेट व्यवस्था गर्न सकिने र त्यसको निर्देशन दिने अधिकार सार्वभौम संसदसँग रहने उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले कर संकलन र उपयोगमा प्रशासनिक तथा कानूनी जटिलता नआउने गरी सरकार अघि बढिरहेको पनि स्पष्ट पारेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना