सामलिङ पावरको खर्च र प्राकृतिक विपत्तिको असरले नाफामा दबाब
जलसरोकार
काठमाडौं : सामलिङ पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको आम्दानी घटेसँगै वित्तीय खर्च र प्राकृतिक विपत्तिको असरले नाफामा दबाब परेको देखिएको छ।
समीक्षा अवधिमा कम्पनीले रु १५ करोड ३१ लाख ९ हजार बराबर आम्दानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा आम्दानी रु १७ करोड १२ लाखभन्दा बढी थियो। यसअनुसार आम्दानीमा करिब २ करोड रुपैयाँभन्दा बढी गिरावट देखिएको छ।
कुल बिक्री लागत रु २ करोड १ लाख पुगेपछि कम्पनीको स्थूल नाफा रु १३ करोड २९ लाख कायम भएको छ। तर सञ्चालन खर्च र विशेषगरी वित्तीय खर्च बढ्दा समग्र नतिजामा दबाब परेको छ।
कम्पनीले सञ्चालन नाफा रु ६ करोड ६३ लाख ७९ हजार कमाए पनि ब्याजलगायत वित्तीय खर्च रु ६ करोड ७६ लाखभन्दा बढी पुगेपछि करअघिको नतिजा ऋणात्मक बनेको छ।
यस अवधिमा कम्पनीले रु १२ लाख ९८ हजार करअघिको नोक्सानी व्यहोरेको छ। यद्यपि अघिल्लो वर्षको सोही अवधिमा करिब रु १ करोडभन्दा बढी नोक्सानी भएको तुलनामा यस वर्ष नोक्सानी घटेको देखिन्छ।
कम्पनीको कुल सम्पत्ति रु २ अर्ब १४ करोड १७ लाख पुगेको छ, जसमा गैर चालु सम्पत्ति करिब रु २ अर्ब र चालु सम्पत्ति रु १३ करोड ७३ लाखभन्दा बढी रहेको छ।
इक्विटीतर्फ कम्पनीको कुल पूँजी रु ५३ करोड ३६ लाख रहेको छ।
दायित्वतर्फ दीर्घकालीन ऋण रु १ अर्ब ३७ करोडभन्दा बढी र चालु दायित्व रु २३ करोड ५२ लाख रहेको छ। कुल दायित्व रु १ अर्ब ६० करोडभन्दा बढी पुगेको छ, जसले कम्पनी उच्च ऋणमा सञ्चालन भइरहेको देखाउँछ।
कम्पनीको प्रति सेयर आम्दानी ०.९५ रहेको छ भने प्रति सेयर नेटवर्थ रु १०६.७४ कायम छ। चालु अनुपात ०.५८ मात्र रहेकोले अल्पकालीन दायित्व व्यवस्थापनमा दबाब देखिन्छ। प्राइस–अर्निङ अनुपात ५२३.४४ रहेको छ भने बजार मूल्य प्रति सेयर करिब रु ४९७ रहेको विवरणमा उल्लेख छ।
कम्पनीका अनुसार असोज महिनामा आएको अत्यधिक वर्षा र बाढीका कारण आयोजना प्रभावित भएको थियो। सो अवधिमा विद्युत उत्पादन रोकिँदा आम्दानीमा प्रत्यक्ष असर परेको बताइएको छ।
बाढीबाट करिब रु ६ करोड ४३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। कम्पनीले बीमा दाबी पेश गरेको र आंशिक भुक्तानी प्राप्त भइसकेको जनाएको छ।
कम्पनीले हालको आयोजना पूर्ण रूपमा सञ्चालनमा आइसकेको जनाएको छ। साथै, हकप्रद शेयर निष्काशनपछि पूँजी संरचना सुदृढ गर्दै नयाँ जलविद्युत् आयोजनामा लगानी विस्तार गर्ने योजना अघि सारेको छ ।
समग्रमा आम्दानी घट्नु, उच्च वित्तीय खर्च र प्राकृतिक विपत्तिको प्रभावका कारण कम्पनीको नाफामा दबाब देखिएको छ। यद्यपि अघिल्लो वर्षको तुलनामा नोक्सानी घट्नु र आगामी विस्तार योजनाले भविष्यमा सुधारको सम्भावना देखाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो